२०८१ माघ ३ गते बिहिवार

पन्तको न्यायका लागि लमहीमा विरोध ¥याली 

टेकबहादुर पुन
लमही, मंसिर २० ।

निर्मला पन्तको हत्यापछि सरकारले न्याय दिन नसकेको भन्दै यतिबेला विभिन्न संघसंस्थाद्वारा देशैभरी विरोध प्रदर्शन भइरहेका छन् । यसैबीच दाङको देउखुरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले पन्त बलात्कृत हत्याकाण्डप्रति न्यायीक पहलको लागि आज लमहीमा प्रदर्शन गरेका छन् ।

नव गठित नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले आयोजना गरेको विरोध प्रदर्शनमा बोल्ने वक्ताले सरकारको लापरबाही तथा लाचारीपनले अहिलेसम्म निर्मला पन्तले न्याय नपाएको बताएका थिए । सबैले आ–आफ्नो क्षेत्रबाट न्यायीक पहलको लागि विरोध प्रदर्शन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

क्याम्पस परिसरबाट शुरु भएको ¥यालीमा विद्यार्थीहरुले पन्तको बलात्कारी हत्यारालाई फासी दे ! भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । विद्यार्थीको ¥याली लमही बजार परिक्रमा गरी नगरपालिका कार्यालय हुँदै बसपार्कमा गई कोण सभामा परिणत भएको थियो । सभामा सुमन कालाथोकी, बसन्त सुवेदी, चूडामणि भट्टराईलगायतका विद्यार्थीहरुले निर्मला पन्तलाई जसरी पनि सरकारले न्याय दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *