२०८१ चैत्र ३ गते आइतवार

बुटवलको कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

काठमाडौं,कात्तिक ११ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत् तिलोत्तमाकी महिला र बुटवलका पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७ बजे मृत्यु भएको हो ।

त्यस्तै, कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल भर्ना गरिएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु डा।।गौतमले जानकारी दिए ।

ज्यान गुमाउने दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *