२०८१ बैशाख ८ गते शनिवार

बारामा कपडा उद्योगमा आगलागी : एक जना घाइते, एक करोडको क्षति

काठमाडौं,कात्तिक ११ । बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका– ९ को उक्त कपडा बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

दिउँसो पौने ३ बजे सुरु भएको आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३स् २५ मा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा आगो सल्किएर उद्योगभर फैलिएको प्रहरीको भनाइ छ ।

आगलागीमा उद्योगमै काम गर्ने भारतीय नागरिक २३ वर्षका सतिषकुमार महतो घाइते भएका छन् । दायाँ हात र अनुहारमा आगोले पोलेको उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *