२०८१ चैत्र १२ गते मङ्गलवार

नवलपुरका कमारा बिक गोलौरामा खुट्टा छिनालेको अवस्थामा फेला परे ÷ अवस्था गम्भीर 

तुलसीपुर, कात्तिक ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी कमारा बिकमाथि एक समुहले गएराति  सांघातिक हमला गरेको छ । नवलपुर निवासी ४५ बर्षीय विक तुलसीपुर १२ गोलौरीमा एउटा खुट्टा छिनालेको  अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बिकको बाँया खुट्टा कुरकुच्चा नजिकबाट च्वाट्टै छिनालेको अवस्थामा फेला परेपछि  प्रहरीले गएराति दश बजेतिर उद्धार गरेर अस्पताल पु¥याएको थियो । विबकको दुबै हात पाखुरामा पनि धारिलो हतियारले काटेको गहिरो घाउ खत रहेको डिएसपी सिंहले फरककोणलाई जानकारी दिए । 

‘बिकमाथि धारिलो हतियार प्रहार हुँदा हातले छेक्न खोजेको हुनुपर्छ,’ डिएसपी सिंहले भने ‘ हात खुट्टामा गम्भीर रुपमा काटिएको हुँदा अत्यधिक रक्तस्राबले गर्दा घाइतेको अवस्था गम्भीर छ।’

घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि गएराति नै थप उपचारका लागि बाँके रिफर गरिएको डिएसपी सिंहले बताए । घाइतेको अवस्था गम्भीर रहेको हुँदा तुलसीपुरदेखि नै उनलाई रगत दिएर बाँके सम्म लगिएको थियो । 

प्रहरीका अनुसार  बिक गोलौरीमा आफ्नो भान्जाको विहे खान भनि आएका थिए । भान्जाको घरबाट नवलपुरस्थित आफ्नो घर तर्फ जाँदै गरेका उनीमाथि पढ्ढा र गौलौरीको बीचको खेतमा सांघातिक आक्रमण भएको प्रहरीले बताएको छ । 

प्रहरीले बिकमाथि सांघातिक हमला गर्ने  व्यक्तिहरुको खोजी भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *