२०८१ चैत्र ३ गते आइतवार

आजदेखि पाँच दिन स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन नहुने

काठमाण्डौ,कात्तिक ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिनका लागि स्थगित गरेको छ ।

दशैँ पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन हुने र थप परिमार्जन गर्ने बताए ।

कोरोनाका बारेमा थप जानकारी तथा सूचना सामाजिक सञ्जालबाट जानकारी गराइने पनि उनले बताए ।

स्वास्थ्य मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार कोरोनाका बारेमा नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ । अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ कोरोनाबाट सङ्क्रमित भइसकेका छन् ।

नेपालमा कोरोना सङ्क्रमणबाट ८ सय १२ जनाको ज्यान गएको छ । यस्तै एक लाख दुई हजार ८ सय २० जना सङ्क्रमणमुक्त भएका छन् ।

अहिले देशभर ४४ हजार ८ सय ७७ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *