दाङ, कात्तिक ६ । दाङ लमहीका एक ५५ बर्षीय परुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. ५ निवासी ती व्यक्तिको नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरको कोरोना यूनिटमा उपचारका क्रममा बिहीवार बेलुका मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनकधो विहीवार बेलुका ४ ः ५० मा मृत्यु भएको थियो । कोरोना संक्रमन पुष्टि भएपपछि उनी असोज २७ गते अस्पताल भर्ना भएका थिए । संभव भएसम्मका सबै विधिहरु अपनाएर उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् ।
उनी लामो सयमदेखि पुरुष उच्चरक्तचाप र मधुमेह रोगबाट पीडित थिए । यो संगै बाँकेमा ४५ जनाको कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लावाट उपचारका लागि बाँके जिल्ला लगिएका १६ जना र बाँके जिल्लाका २९ जनाको मृत्यु भइसकेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।