तुलसीपुर, कात्तिक ६ । स्थानीय प्रशासनले जिल्लाबासीलाई जो जहाँ छौं सोही ठाउँवाट चाड पर्व मनाउन आग्रह गरेको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीवार एक सार्वजनिक अपिल जारी गर्दै मानिसहरुको आवात जावात तथा भिडभाडका कारण कोरोना संक्रमनको दर झनै बढ्न सक्ने खतरा औंल्याउँदै व्यक्तिगत तथा सामुहिक रुपमा सचेतना अपनाउँदै चाड पर्व मनाउन आग्रह गरेका छन् ।
त्यसका साथै उनले अति आवश्यक काम नपरी घर बाहिर ननिस्कन, शक्ति पिठ तथा मन्दिरहरुमा दर्शन गर्न नजान, भेला, जमघट तथा शुभकामना आदन प्रदान कार्यक्रम नगर्न नगराउन पनि आग्रह गरेका छन् ।
स्थानीय प्रशासनले देउसी भैलो नखेल्न तथा नखेलाउन अपिल पनि गरेको छ । घरबाट बाहिर निस्कनै परे स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्न पनि आग्रह गरिएको छ । स्थानीय प्रशासनले कात्तिक २ गतेदेखि जारी निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न आग्रह पनि गरेको छ ।