२०८० चैत्र १६ गते शुक्रवार

रोटरी र रोट्रयाक्टले मिलेर स्थापना गरिदिए ट्राफिक आइल्याण्ड

महिला प्रहरीको डमीपनि राखिने

तुलसीपुर, कात्तिक ६ । तुलसीपुरको बाहिनी चोकमा रोटरी र रोट्रयाक्ट क्लवले मिलेर ट्राफिकका लागि आइल्याण्ड स्थापना गरेका छन् ।

आइल्याण्डको विहीवार विहान तुलसीपुर उपहानगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाह र वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

यी दूई सामाजिक संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रम अन्तरगत झन्डै डेढ लाख खर्च गरि ट्राफिक प्रहरीका लागि आइल्याण्ड निर्माण गरिएका हुन ।

आइल्याण्डमा एउटा भित्रे घडी समेत राखिएको छ । त्यो सर्वसाधारण मानिसहरुलाई समयको महत्व बुझाउनका लागि हो । सबैले समयको महत्व बुझुन र समयको सही सदुपयोग गरुन भन्ने उदेश्यका साथ सांकेतिक रुपमा आइल्याण्डमा भित्रे घडी राखिएको रोटरी क्लवका अध्यक्ष सुरेश हमालले बताए ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका महासचिव देवेन्द्र केसीले त्यो आइल्याण्ड नजिकै महिला ट्राफिक प्रहरीको डमीपनि स्थापना गर्ने योजना रहेको फरककोणलाई बताए ।

‘हामी काठमाडौंका सहरहरुमा जस्ता यहाँपनि पहिलो पटक ट्राफिक प्रहरीको डमी राखेर उदाहरण पेश गर्न चाहान्छौं,’ महासचिव केसीले भने ‘ त्यसले आम सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्न घचघच्याउने छ भन्ने हाम्रो बुझाई छ ।’

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै वडा नं। ५ का वडाध्यक्ष विरेन्द्र शाह र वडा नं। ६ का अध्यक्ष नवराज लामिछाने रोटरी र रोट्रयाक्टको भूमिका उदाहरणीय भएको भन्दै प्रशंसा गरे ।

उनीहरुले तुलसीपुरलाई व्यवस्थित र स्मार्ट बनाउन दूई सामाजिक क्लवले आइल्याण्ड निर्माण गरेर अरुलाई पनि सामाजिक कार्यमा लाग्न प्ररेरित गरेको बताए । उनीहरुले सबैको साझा प्रयासवाट मात्रै तुलसीपुरलाई कल्पाना गरे जस्तो शान्त, स्मार्ट र सुन्दर सहर बनाउन सकिने बताए ।

त्यसका साथै उनीहरुले सबैले ट्राफिक नियमको सही रुपमा पालना गर्न पनि आग्रह गरे ।

कार्यक्रममा रोटरी क्लवका पूर्व अध्यक्षहरु विमल रिजाल, विरु रावत, अनुपकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंह, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर केसी लगाएतको सहभागिता थियो ।

कार्यक्रम रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमाललको अध्यक्षमा भएको हो ।

रोट्रयाक्ट क्लवका अध्यक्ष प्रमिस लामिछानेको स्वागत मनतव्यवाट कार्यक्रम सुरु भएको थियो भने सहजीकरण पत्रकार शरद रेग्मीले गरेका हुन ।

 

 

 

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *