२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुर क्षेत्रबाट चार ट्रयाक्टर नियन्त्रण

फाइल फोटो

दाङ, मंसिर २० ।
प्रहरीले तुलसीपर क्षेत्रबाट चारवटा टेक्टर नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रबाट अवैध रुपमा बालुवा, गिट्टी र ढुङ्गा उत्खनन् गरेर ओसारपसार गरेकोले चारवटा टेक्टर नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

ईप्रका तु्लसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले बिहीबार बिहान पातुखोलालगायतका खोलाहरुमा खोलाजन्य वस्तुहरुको अवैध उत्खनन् गरी ओसारपसार गरिरहेका ती टेक्टर नियन्त्रणमा लिइएको फरक कोणलाई जानकारी दिए । प्रहरीका अनुसार रा १ त ८६९, रा १ त १८२३, रा १ त ३११२ र रा १ त ३२६९ नम्वरका टेक्टरहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *