२०८१ बैशाख ७ गते शुक्रवार

चार्डपर्वलाई मध्यनजर गरेर दुधरास सहकारीले बाढ्यो मास्क र सेनिटाईजर

कपिल लामिछाने,बिजौरी ,कात्तिक ६ । चार्डपर्वलाई मध्यनजर गरेर दुधरास बचत तथा ऋण सहकारी संस्थाले दुधरास र यसका आसपासका क्षेत्रका मानिसहरुलाई गुणस्तरीय मास्क र सेनिटाईजर वितरण गरेको छ ।

बिहिवार एक कार्यक्रमको आयोजना गरि बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड१९) का  बिरामीहरु अहिले दाङमा पनि धेरै भेटिन थालेपछि स्वास्थ्यका मापदण्डहरु नअपनाउदा बिरामीहरुको संख्या बढेको कुरालाई मध्यनजर गर्दै संस्थाले मास्क सेनिटाईर वितरण गरेको हो ।

सो अवसरमा बाटोमा हिडेका मानीसहरु,हिडेका अटोहरु, र गुडेका गाडीहरुका चालक र सह(चालकहरुले मास्क लगाए नलगाएको हेर्दै उनिहरुलाई समेत मास्क र सेनिटाईजर वितरण गरिएको हो ।

मास्क बितरण कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष केशबराज रिजालले कोरोनाको महामारीको बेलामा जनताहरुको सुरक्षाका लागी लागी स्वास्थ्य मापदण्डहरु मास्क,सेनिटाईजर आदी वितरण गर्न सकियो भने कोरोनाका बिरामीहरु कम हुने कुरा धारणा राखे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतले स्थानीय सरकारले काभिड – १९ को महामारीबाट जनताहरुलाई बचाउनका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।

उनले  बिजया दशमीलाई मध्येनजर गर्दै घरमा नै बस्न,भिडभाड नगर्न र नियमित रुपमा साबुन पानीले हात धोई नियमित मास्कको प्रयोग गर्न सम्पुर्ण टोल बिकास संस्था मार्फत जानकारी गराउदै आबश्यक समन्वय गर्दै आएको बताए ।

त्यस्तै बेलझुण्डी प्रहरी पोष्टका ईन्चार्ज बलिराज शाहीलाई एक थान मास्क र सेनिटाईजर वितरण समेत गरिएको थियो । उक्त मास्क बितरण कार्यक्रममा करिव १ सय जनालाई मास्क र सेनिटाईजर वितरण गरिएको थियो ।

सो अवसरमा आउदै गरेको नेपालीहरुको महान पर्व बिजया दशमी,शुभ दिपावली तथा छट पर्वको अवसरमा सम्पुर्ण सेयर सदस्य लगाएत सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्दै शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

दुधरास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशबराज रिजालको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतको प्रमुख आथित्यतामा उक्त कार्यक्रम भएको थियो ।

संस्थाका कार्यसमिति सदस्य बिष्णु प्रसाद खुलालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रमोद प्रसाद घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *