२०८३ जेष्ठ २४ गते आइतवार

रुपन्देहीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बुटवल,कात्तिक ५ । रुपन्देहीमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेका बुटवलका २ जना र तिलोत्तमाका एक जना छन्।

बुटवलको कोरोना अस्पतालमा उपचारत बुटवल ११ का ४७ वर्षे पुरुष र वडा न १७ का ८१ वर्षे पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। बिष्णु गौतमले बताए ।

८१ वर्षे पुरुष असोज २७ गते र ४७ वर्षे पुरुषलाई असोज २४ गते संक्रमण पुष्टि भएपछि अस्पताल ल्याइएको थियो। दुवैको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

त्यस्तै तिलोत्तमा नगरपालिकाका ५ का ४७ बर्षे एक संक्रमित पुरुषको पनि आज बिहान मृत्यु भएको छ।

असोज १ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका ती संक्रमितको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्या ए लगत्तै मृत्यु भएको नगरपालिकका प्रवक्ता सुरेन्द्र श्रीले बताए।

यस सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ।

यसैबिच केन्द्र सरकार संक्रमितको शव व्यवस्थापनको जिम्मेबारीबाट पछि हटेकाले होम आइसोलेसनमा मृत्यु भएका नगरवासीको शव व्यवस्थापनको तयारी नगरपालिकाले गरिरहेको बताइएको छ।

 

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *