२०८३ जेष्ठ २७ गते बुधवार

सल्यानको खैराबाङ मन्दिर यो दशैंमा नखुल्ने

तस्विर – नविन पौडेल ।

दाङ, कात्तिक ५ । सल्यानको खैराबाङ भगबती मन्दिर यस पटकको दशैंमा नखुल्ने भएको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्य नजर गर्दै गत चैत्र ११ गतेबाट मन्दिर बन्द गरिएको छ । मन्दिरका पुजारी तथा पत्रकार नविन पौडेलले खैराबाङ भगवती मन्दिर नखुल्ने जानकारी दिएका छन् ।

उनले बडादशै ९नबरात्री० शुरूवात भएता पनि मन्दिर पुर्नरुपमा बन्द रहने बताएका छन् ।

उनले यो दशैंमा मन्दिरमा पूजा गर्नका लागि नआउन सवैमा आग्रह पनि गरेका छन् । उनले पूजारीवाट दैनिक नित्य पूजा बाहेकका सम्पुर्ण पूजाहरु बन्द गरिएको जानकारी दिएका छन् ।

खैराबाङ देबी भगवतीको मन्दिर नेपालका प्रमुख धार्मिक स्थल मध्यको एक मानिन्छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *