२०८१ चैत्र ४ गते सोमवार

बर्दियामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

बर्दिया कात्तिक ५ । बर्दियामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको वारवर्दिया नगरपालिका वाडा नम्बर ७ का ७० वर्षिय पुरुषको उपचारको लागि कोहलपुर मेडिकल कलेज लैजाने क्रममा वाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ।

कार्यालयका अनुसार उनीमा स्वास प्रस्वासको समस्या देखिएपछि यहि असोज २५ गते उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । त्यसपछि उनीमा २६ गते कोरोना पोजेटिभ देखिएको थियो ।

कोहलपुर मेडिकल कलेजमा उपचारबाट स्वास्थ्य अवस्था सामान्य भए पश्चात परिवारका सदस्यको आग्रहमा अस्पतालले उनलाई कात्तिक २ गते होम आइसोलेशनमा पठाएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *