२०८१ चैत्र १२ गते मङ्गलवार

श्रीमान श्रीमतिले संगै आत्महत्या गरे, ३ महिने बालिकाको बिच्चली

दाङ,कात्तिक ४ । रुकुम पश्चिममा एक दम्पत्ति आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । बाफिकोट गाउँपालिका वडा नं. ७ का २२ वर्षीय श्रीमान दिपक खनाल र २१ वर्षीया श्रीमती विपना खनाल घर भित्र झुण्डिएर आत्महत्या गरेको अवस्थामा मंगलवार फेला परेका हुन ।

प्रहरीका अनुसार खनाल दम्पत्ति घरमा एक्लै बस्दै आएका थिए। उनीहरूकी तीन महिनाकी छोरी पनि छन् । ती नाबालिका धेरै रोएको सुनेपछि नजिकै घर भएका दिपकका भाइले ढोका खोलेर हेर्दा दुबै जना झुुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता हरि वलीले जानकारी दिएका छन् ।

उनीहरुको घर भित्र चुराहरु फुटेको फेला पर्नुले श्रीमान श्रीमतीको बीचमा झगडा भएको अनुमान भइरहेको प्रहमरी निरिक्षक वलीले बताए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *