दाङ, कात्तिक ४ । प्रहरी जवान रामबहादुर साउँदको शव पक्राउ परेकै व्यक्तिले देखाएपछि फेला परेको छ । उनको शव गाडेको अवस्थामा फेला परेको थियो। प्रहरीले पक्राउ परेका एक व्यक्तिको बयानका आधारमा साउँदको शव मंगलवार फेला पारेको हो ।
पक्राउ परेका व्यक्तिलाई सँगै लगेर प्रहरी घटनास्थल पुगेको थियो । उनैले ठाउँ देखाएपछि खनेर साँउदको शव निकालिएको प्रहरी अधिकारीले बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव भेटिएको ठाउँको झन्डै दुई सय मिटर उत्तरपश्चिममा साउँदको शव फेला परेको हो ।
यसैबीच प्रहरी जवान साउँदको शव फेला परेको ठाउँ नजिकै पेस्तोलपनि फेला परेको छ।
उक्त चाइनिज पेस्तोल यसअघि नै घाँटी रेडिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक गोविन्द विकको हो ।
धनगढी उपमहानगरपालिका वडा नं। १२ स्थित प्रहरी चौकी जुगेडामा कार्यरत विक र साउँदलाई तस्करको समूहले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।
हत्या आशंकामा प्रहरीले यसअघि ११ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।