दाङ,कात्तिक ४ । दाङको लमही नगरपालिका–५ मा होम आइसोलेसनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।
लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।
काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए ।
घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।
प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार