तुलसीपुर,कात्तिक ३ । तुलसीपुरकी पत्रकार सबिता सुनारले आफुमाथि भएको लुटपाटले आम चेलीहरुको लागि ससाँझै हिडडुल गर्नपनि डरलाग्दो बन्दै गएको आभास भएको बताएकी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरमा सोमवार उनले संमसाँझै आफु लुटिनुले त्यस्तै डरलाग्दो परिस्थितिको संकेत गरेको बताइन ।
‘मलाई मेरो गहना र मोवाई चोरी भएको पिर छैन,’ सुनारले भनिन् ‘त्यो भन्दापनि बढी चिन्ता तुलसीपुर चेलिबेटीका लागि संसाँझै हिड्डुल गर्नपनि डरलाग्दो बन्दै गएको हो कि भन्ने मलाई आभास भइरहेको छ ।’उनले जसरी भएपनि आफ्नो मोवाई लुटपाट गर्नेहरुको खोजी गरेर कानुनी कारवाही गर्न प्रहरी समक्ष माग गरिन । लुटपाटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि सार्वजनिक गर्न तथा उनीहरुलाई आवश्यक कानुनी कारवाही गर्न उनले आग्रह गरिन ।
रेडियो हाम्रो पहुँचमा कार्यरत सुनार आइतवार बेलुका सात बजे समाचार सकेर घर तर्फ जाँदै गर्दा बाटो मै लुटिएकी थिइन । लुटेराले उनको एउटा मोवाईल र एउटा कानको ४ आनाको टप समेत लुटेर लगेका छन् । ‘ मैले घरमा फोन गरेर लिन आउनुस भनिरहेकी थिए,’ सुनारले भनिन् ‘मोटरसाईकलमा पछाडिबाट आएका लुटेराले मेरो कपाल र कान समेत लुछेर भागे ।’
प्रदेश प्रहरी कार्यालय नजिकै उनीमाथि लुटपाट भएको थियो । लुटपाट भएपछि आफु चोर चोर भन्दै तुलसीपुर– घोराही सडक खण्डसम्म दौडिएर आएको र उनीहरु भागेर तुलसीपुर तर्फ आएको सुनारले बताइन । रेडियोका स्टेसन म्यानेजर वशन्त पौडेलले एक हप्ता अगाडि मात्रै तुलसीपुरको ग्वारखोलामा यसै गरि मोटरसाईकलमा आएका दूई जनाले मोवाईल लुटेर लगेको जानकारी दिए । प्रदेश टुडे पत्रिकाका संपादक गोपाल शर्माले एकजना अपरेटरको पनि यसैगरि हप्ता दिनकै बीचमा मोवाईल चोरी भएको अवगत गराएका थिए ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्वमा तुलसीपुर क्षेत्रका पत्रकारहरुको टोलीले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहलाई घटनावारे ध्यानाकर्षण गराएको थियो । पत्रकारको टोलीले सिंहलाई दोषीको खोजी, पहिचान र कारवाहीका लागि ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । सो अवसरमा नेपाल पत्रकार महासघंका सहसचिव सर्मिला डिसी र गोर्कण पौडेलले लुटेराहरुको तत्काल खोजी गरि कारर्बाहको दायरामा ल्याउनुपर्ने माग गरेका थिए ।
पत्रकारका कुरा सुनेपछि डिएसपी सिंहले पुनः यस किसिमका लुटपाटका घटना दोहरीन नदिनका लागि प्रहरीले निगरानी बढाउने बताए । उनले दोषीको पहिचान र खोजी गरि कारवाही गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।साथै उनले दाङमा त्यसरी लुटपाट गर्ने दूईवटा समुह भित्रिएको भन्ने सूचना आफुले पनि पाएको भन्दै आम सर्वसाधारणलाई सजग रहन तथा प्रहरीलाई खवर गर्न आग्रह गरे ।
अपराधिक सोच भएका मानिसले झिसमिसे साँझ वा विहान, एक्लै हिड्ने महिला, बालबालिका र अशक्त व्यक्तिहरुलाई टार्गेटमा पार्ने हुँदा सावधानी अपनाउन पनि आग्रह गरे ।