२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुरका नगर प्रमुख पाण्डे कोरोना मुक्त

कोरोना मुक्त हुनेको सङ्या २ सय ३६ पुग्यो

तुलसीपुर,कात्तिक ३ ।  तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे सहित दुई जना कोरोना मुक्त भएका छन् ।

गएको असोज २० गते नगरप्रमुख पाण्डे र उनका स्वकिय सचिवलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएपछि नगर प्रमुख होम आईसोलेसन र स्वकिय सचिव धर्मराज वली कोरोना विशेष अस्पताल बेलझुण्डीमा १४ दिन बसेका थिए ।

उनीहरुको दुई हप्ता पछि किटबाट कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि नगरप्रमुख र स्वकिय सचिव सोमवार देखी सामान्य अवस्थामा फर्किएको प्रेस सल्लाहाकार बसन्त आचार्यले जानकारी दिए ।

साथै यो सगै तुलसीपुरमा कोरोना संक्रमित मुक्त हुनेहरुको सङ्या २ सय ३६ पुगेको फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *