दाङ,कात्तिक ३ । दाङमा बस दूर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि चार जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।
अन्य १३ जना घाइतेहरुको भने तुलसीपुरमै उपचार भइरहेको छ । यो खवर तयार पार्दासम्म घाइतेहरुको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ ।
बैबाङदेखि तुलसीपुर तर्फ आउँदै गरेको ना ४ ख ७८४८ नम्वरको बस दंगिशरण गाउँपालिका वडा नं। ५ को पोटली चोक नजिकै विहान साढे १० बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
दूर्घटना लगतै चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बस अनियन्त्रित भइ दूर्घटना परेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
