२०८३ असार १० गते बुधवार

समाचार पढेर घर जाँदै गरेकी पत्रकार सुनार लुटिइन


तुलसीपुर, कात्तिक ३ । दाङमा महिला पत्रकार लुटिएकी छन् । तुलसीपुरस्थित रेडियो हाम्रो पहुँचमा कार्यरत सविता सुनार आइतवार बेलुका समाचार पढेर घर तर्फ जाँदै गर्दा बाटोमै लुटिएकी हुन । उनी बेलुका सात बजेतिर लुटिएकी थिइन ।

टूट्वान्टी बाइकमा रहेका दूई जना युवाले पत्रकार सुनारको मोवाईल र एउटा कानको कानबाली लुटेर भागेका छन् । पत्रकार सनार ऊँ शान्ति सिनेमा हल नजिकै लुटिएकी हुन । जसको नजिकै लुम्बिनी प्रदेश प्रहरी कार्यालय छ ।

घटनावारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुुरले जानकारी दिएको छ ।
पत्रकार सुनारमाथि भएको लुटपाटको विषयमा सोमवार मध्यान्ह १२ बजेपछि पत्रकारको टोली इप्रका पुगेर प्रहरी संग सो विषयमा छलफल गर्न लागेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *