तुलसीपुर,कात्तिक २ । दाङको तुलसीपुरबाट आइतवार होम आइसोलेशनमा बसेका ८ जनाले कोरोना जितेका छन ।
होम आइसोलेशनमा बसेर कोरोना जित्नेहरुमा तुलसीपर उपमहानगरपालिका वडा नं ७ का ३५ वर्षीय १ जना महिला, ३४,३२, ३१ वर्षीय ३ जना पुरुष रहेका छन ।
त्यस्तै तुलसीपुर वडा नं ६ का ३६,१५ र ३० वर्षीय ३ पुरुष,वडा नं १० का २१ वर्षीय १ महिला गरि ८ जनाले कोरोना जितेको तुसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
कोरोना मुक्त हुने सबै कोरोना संक्रमित भई १४ दिनसम्म होम आइसोलेशनमा बसेका थिए,केसीले भने,– १४ दिनसम्म कोरोनासगं सम्बन्धीत कुनै पनि लक्षण देखिएन,हामीले उनीहरुको पुनः पिसिआर परिक्षण गर्दा नेगेटिभ देखिएपछि होम आइसोलेशनबाट ८ जनालाई डिस्चार्ज गरिएको हो ।
यो सगै तुलसीपुरमा कोरोना मुक्त हुनेको सङ्या २ सय ४३ पुगेको छ ।
त्यस्तै फोकल पर्सन केसीलेका अनुसार तुलसीपुरमा संक्रिय कोरोना संक्रमित १ सय ४४ जना छन भने कुल संक्रमित ३ सय ७८ जना रहेका छन ।
