२०८१ चैत्र ४ गते सोमवार

रुकुम पश्चिममा जीप दुर्घटना ६ जना घाइते

दाङ, कात्तिक २ । रुकुम पश्चिममा आइतवार विहान यात्रु बहाक जीप दूर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा आठविसकोट नगरपालिका वडा नं। १२ राडीबजार निवासी ३४ बर्षीय गेगे कामी, उनको छोरा ६ बर्षीय सर्जन कामी, छोरी ३ बर्षीय लक्ष्मी कामी, १४ बर्षीय शैलेन्द्र नेपाली, १४ बर्षकै राजकुमार कामी र १२ बर्षीय मनिराम नेपाली घाइते भएका छन् ।

घाइते मध्य शैलेन्द्र नेपालीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

आठविसकोट नगरपालिका वडा नं। १२ ठूलीबार्खदेखि राडीबजार तर्फ जाँदै गरेको ग १ ज ६०४७ नम्वरको जीप विहान ९ बजेतिर दूर्घटना हुँदा उनीहरु घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक हरि वलीले घाइतेहरुको स्थानीय स्तरमै उपचार भइरहेको जानकारी दिए

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *