२०८३ जेष्ठ २८ गते बिहिवार

रुकुम पश्चिमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्य , ३ घाइते

दाङ,कात्तिक २ ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । थप तीन जना घाइते भएका छन ।

नगरपालिकाको वडा नं। ९ जालदाईना निवासी ३५ बर्षीया सुसिला नेपालीको शनिवार घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ । वडाको औलाधारामा घर लिप्ने माटो खन्ने क्रममा उनलाई ढिस्कोले पुरेको थियो ।

त्यस्तै माटोको ढिस्कोले पुर्दा सोही वडाका २९ बर्षीया निर्मला चदाँरा,१५ बर्षीया प्रतिमा बि।क र ४५ बर्षीया गिता बटाला घाइते भएको जिल्ला प्रहरी प्रबक्ता हरि वलीले जानकारी दिए ।

घाइते मध्य चदाँरा र बिकको अवस्था सामान्य रहेको छ भने बटालाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते हरुको वडा नम्बर ९ मा रहेको नगर अस्पतालमा उपचार भइरहको प्रहरी प्रबक्ता वलीले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *