२०८३ जेष्ठ १४ गते बिहिवार

बर्दियाका कोरोना संक्रमितको मृत्यु

बर्दिया,कार्तिक २ । ठाकुर बाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको पुष्टि भएको बताए ।

उनका अनुसार असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

असोज १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो । उनको थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । यो सँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ९ सय ७ पुगेको छ । कोरोना संंक्रमणबाट ६ सय ७० जना निको भएका छन् ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा ५ सय ७१ जना उपचाररत छन् । आइसोलेसनमा २ सय ४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *