दाङ,कात्तिक १ । सल्यानमा भाइमाथि सहोदर दाइको हत्या गरेको आरोप लागेको छ । जिल्लाको वनगाँड कुपिण्डे नगरपालिका वडा १० थापाचौरका २० वर्षीय देवीलाल पुनले २४ वर्षीय दाइ अम्मरलाई दाउरा प्रहार गरि हत्या गरेको आरोप लागेको छ ।
मदिरा सेवन गरेका भाइले विहीवार बेलुकी दाइलाई दाउरा प्रहार गरी हत्या गरेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
देवीलालले दाइको हत्या गरेर शव गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले शुक्रबार फेला पारेको प्रहरीले बताएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १ गते शनिवार