दाङ, असोज २० । एकजना वन समुहका अध्यक्ष ८० हजार घुस रकमसहित कैलालीवाट पक्राउ परेका छन् । धनगडी उपमहानगरपालिका वडा नं. ११ सीताराम वन उपभोक्ता समुहका अध्यक्ष रामप्रशाद रानालाई अख्तियारको टोलीले ८० हजार घुस लिने क्रममा विहीवार पक्राउ गरेको हो ।
रानालाई धनगडी उपमहानगरपालिका वडा नं. १ को पार्क मोडवाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् । केही समय पहिले सव डिभिजन वन कार्यालय तारानगरले ट्याक्टर, चालक र काठ बरामद गरेको थियो ।
सोही मुद्दा मिलाईदिन्छु भन्दै रेञ्जर रामअवतार चौधरीले सेवाग्राही संग घुस मागेका थिए । अध्यक्ष रानाले बिचौलियाको भूमिका निर्वाह गरि रेञ्जर चौधरीलाई दिन भनेर सेवाग्राही बाट मागेको घुस रकमसहित खख्तियारको टोलीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा अध्यक्ष रानालाई घुस रकमसहित पक्राउ गरेको थियो ।
