बुटवल, असोज ३० । शुक्रवार बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर २ का ६७ बर्षीय संक्रमितको मृत्यु भएको छ ।
उनको शुक्रबार बिहान सवा सात बजे तिर बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
उनलाई असोज २१ गते संक्रमण पुष्टि भएको थियो ।
असोज २५ गतेदेखि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । तर स्वास्थ्यमा सुधारन नआएपछि उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।
प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार