२०८१ चैत्र ३ गते आइतवार

६५ औँ प्रहरी दिवसमा शीतल सम्मानित

दाङ,असोज ३० । ६५ औं प्रहरी दिवसका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के.शीतल सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष समेत रहेका उनलाई ‘समुदाय र प्रहरी साझेदारी’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनकालागी सहयोग पु¥याएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कदरपत्रले सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले खादा ओढाएर कदर–पत्र प्रदान गरेका थिए ।

त्यस अवसरमा प्रहरी प्रमुख चन्दले नेपाल प्रहरीमा रहेर शान्ति सुरक्षासँगै नेपाल प्रहरीको गौरव बढाउन सहयोग गर्ने पूर्व प्रहरीका तर्फबाट ज्येष्ठ सदस्य प्रहरी नायव निरिक्षक ९४ वर्षीय तेजबहादुर थापालाई समेत सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रहरी प्रमुख चन्दले जिल्लामा शान्ति सुरक्षालाई मजबुत बढाउदै नेपाल प्रहरीको गौरवमयी इतिहासलाई उच्च बनाउनका लागि प्रहरीसधै लागि पर्ने बताएका थिए ।

कार्यक्रमको सहजीकरण प्रहरी निरिक्षक मोहनजंग बुढाथापाले गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *