२०८१ चैत्र ३ गते आइतवार

चाडपर्व विशेष सुरक्षा योजना ः सुरक्षाका लागि एक हजार बढी प्रहरी परिचालित हुने

लिलाधर वली

दाङ, असोज ३० । चाडपर्वको समयमा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व विशेष सुरक्षा योजना २०७७ अघि सारेको छ ।

नजिकिदै गरेका दशैं, तिहार र छटलगायतका पर्वहरुको समयमा कुनै प्रकारका घट्नाहरु नदिनका लागि प्रहरीले सुरक्षा योजना ल्याएको हो ।

विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले दाङमा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक गणेश चन्दले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमार्फत विभिन्न १३ किसिमका ड्यूटीका अन्तर्गत एक हजार ९ जना प्रहरी २ सय ८२ टोलीमा परिचालन हुने प्रहरी प्रमुख चन्दले बताए ।

‘चाडपर्वको समयमा कुनै प्रकारका चोरी तथा अपराधिक घट्ना हुन नदिनका लागि प्रहरीले विशेष सुरक्षा योजना ल्याएका छौ’–प्रहरी प्रमुख चन्दले भने–‘विशेष योजना अन्तर्गत दुई सय ८२ समूहमा १ हजार ९ जना प्रहरी परिचालित हुनेछन ।’ योजना अन्तर्गत प्रहरीले कमाण्ड पोष्ट, जिल्ला रिजर्भ, मोवाइल गस्ती, पैदल गस्ती, पिकेट, ट्राफिक चेकिङसहितको गस्ती, एम्वुसिङ तथा सरप्राइज गस्तीलगायत गरी १३ किसिमको ड्यूटी विभाजन गरी एक हजार ९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चाडपर्वको हुने गरेका अपराधिक गतिविधि रोक्नका लागि ठूलो संख्यामा सादा पोशाकमा सुरक्षाकर्मी समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज शुक्रवार पत्रकार भेटघाटको कार्यक्रम गरी चाडपर्व सुरक्षा योजना २०७७ आजै शुक्रवार बाट लागू भएको जनाएको छ ।

चाडपर्वको समयमा चोरीडकैटी, लुटपाट, सडक दुर्घटनालगायतका घटना हुने भएकाले यसमा सबै नागरिकलाई सचेत हुन आग्रह गरेको छ भने यस्ता गतिविधि कही कतै भइरहेको पाइएमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ ।

कार्यक्रमको सहजीकरण प्रहरी निरिक्षक मोहनजंग बुढाथापाले गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *