काठमाडौं,असोज ३० । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिमका एकजना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ ।
चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए
।स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते अस्पतालमा भर्ना भएका उनको २२ गते संक्रमण पुष्टि भएको थियो ।
यो सँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार