बुटवल,असोज २८ । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषकोे मृत्यु भएको छ ।
नवलपरासीको सुनवल–४ का ७७ वर्षीय पुरुषको धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आइसियुमा उपचारको क्रममा गयराती २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले पुष्टि गरे ।
गत आइतबार बुटवलको चौराहा अस्पतालमा ल्याईएका उनलाई सोमबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । त्यहाँं पिसिआर परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई फिभर क्लिनिकमा उपचार गरिएको डा। गौतमले बताए । उनको स्वास्थ्यमा थप समस्या देखिएपछी कोरोना बिशेष अस्पतालमा लगिएको थियो । ति पुरुषमा ज्वरो, स्वासप्रश्वासमा समस्या र रक्तअल्पताको समस्या थियो ।
प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार