२०८१ बैशाख १९ गते बुधवार

पीडितलाई न्यायदिन सरकारी वकिल आवश्यक (भिडियो सहित)

दाङ, मंसिर १९ ।
उच्च सरकारी वकिलको कार्यालय तुलसीपुर दाङका निमित्त निमित्त प्रमुख खडानन्द गौतमले पीडितलाई न्याय दिन र अपराधिलाई सजाय दिलाउन सरकारी वलिकले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरमा बुधवार पत्रकार संगको अन्नतरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै गौतमले गम्भीर प्रकृतिका फौजदारी मुद्दा सरकारले आफै हेर्नको लागि सरकारी वकिलको कार्यालय आवश्यक पर्ने बताए । गत भदौदेखि लागु भएको अपराध संवन्धि नयाँ संहिताले विदेशमा भएको अपराधलाई समेत नेपालमै मुद्दा चलाउन पाउने व्यवस्था गरेको जानकारी दिए । त्यस्तै उनले सरकारी वकिलले कैदीलाई भेट्न पाउने तथा उनीहरु माथि मानविय व्यवहार भए नभएको कुरा समेत हेर्ने पाउने व्यवस्था गरिएको जानकारी दिए ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायधिबक्ता चन्द्रबहादुर सिंजालीले आगामी पुस ८ गतेदेखि १० गते सम्म हुन गइरहेको नेपालका सरकारी वकिलहरुको दोस्रो अधिवेसनले संशोधन गर्न आवश्यक ऐनहरुको वारेमा सिफारिस गर्ने उनले बताए । उनले पनि कुनैपनि कसुरका अभियुक्तलाई कति सजाय तोक्ने र कुन मुद्दालाई फिर्तागर्ने जस्ता अधिकार सरकारी वकिलको कार्यालयलाई मात्रै भएको बताए । ‘पीडितको आँशु पुच्छ्ने र अभियुक्तलाई सजाय तोक्ने निकाय सरकारी वकिलको कार्यालय हो,’ उनले भने । कार्यक्रमको सहजीकरण उच्च सरकारी वकिलको कार्यालय तुलसीपुर दाङका उपन्यायधिबक्ता सिताराम अर्यालले गरेका थिए ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *