२०८० चैत्र ६ गते मङ्गलवार

मोटरसाईकल दूर्घटनाको २ महिनापछि रञ्जित न्यौंपानको मृत्यु

तुलसीपुर, असोज २६ । मोटरसाईकल दूर्घटनामा परेको झन्डै दूई महिना पछि तुलसीपुरका एक युवाको मृत्यु भएको छ ।

आफैले चलाएको मोटरसाईकल दूर्घटनामा परि गम्भीर घाईते भएका तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ निवासी २४ बर्षीय रञ्जित न्यौंपानेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार न्यौंपाने साउन १० गते राति ९ बजेतिर तुलसीपुर–घोराही सडक खण्डको तुलसीपुर ६ मा बजार तर्फ आउँदै गर्दा आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेका थिए ।

बा ९५ प २१८ नम्वरको मोटरसाईकल दूर्घटनामा पर्दा न्यौंपानेको टाउकोमा गहिरो चोट लागेको थियो । तुलसीपुर, नेपालगञ्ज हुँदै उनलाई काठमाडौंसम्म उपचारका लागि लगिएको भएपनि उपचार संभवन नभएपछि मृत्यु भएको प्रहरीले बताएको छ ।

आइतवार उनको काठमाडौंस्थित अन्नपूर्ण हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दूई महिना लामो उपचारका क्रममा उनका लागि परिवारले झन्डै ५० लाख जति खर्च गरेपनि उपचार संभव नभएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *