तुलसीपुर, असोज २५ । प्रतिवन्धित ब्राउन सुगर मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले कैद फैसला सुनाएका तुलसीपुरका एक युवा जेल चलान भएका छन् । अदालतको फैसला अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ राजापुर निवासी २६ बर्षीय सुमन नेपाली आइतवार जेल चलान भएका हुन ।
दाङ देउखुरी जिल्ला अदालते गत असार २२ गते नेपाली विरुद्ध ७ महिना २४ दिन कैद र २० हजार रुपैंया जरिवानाको फैसला सुनाएको थियो ।
फैसला लगतै लुकिछिपी बस्दै आएका नेपालीलाई पक्राउ गरि आइतवार अदालतमा उपस्थित गराएको र अदालतको आदेश अनुसार जेल चलान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
