२०८१ चैत्र ३ गते आइतवार

पहिलेका दशैँमा जसरी राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने

फाइल तस्विर

काठमाडौं, असोज २१ । यो वर्षको दशैं नजिकिएसँगै यो दशैमा नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । बिगतमा दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ ।

नयाँ नोट स्टकमा रहेको तर वितरण कुन तरिकाले गर्ने भन्ने निर्णय भने गर्न बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम दिनप्रतिदिन बढिरहेको अवस्थामा विगतको जस्तो राष्ट्र बैंकमै बोलाएर लाइन लगाएर वितरण गर्दा कोरोना सर्ने जोखिम हुने भएकाले विगतको जस्तै राष्ट्र बैंक अगाडि लाइन लगाएर दिने सम्भावना कम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुलाई भने राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने छ । दशैंको दक्षिणा दिनका लागि नयाँ नोट वितरण गर्ने चलन चल्दै आएको छ ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *