२०८१ चैत्र ३ गते आइतवार

ट्र्याक्टर दुर्घटना २ जनाको मृत्यु

फाइल तस्बिर

असोज २०। रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका लागि हिडेको ना ७ त ८७३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

जिल्लाको दोरम्बाको सानो शैलुङ्गमा ट्र्याक्टर दुर्घटना हुँदा चालक दोरम्बा गाउँपालिका वडा नं ७ का २७ वर्षका पेमा लामा र ५५ वर्षका फुर्वा दोर्जे तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *