२०८१ बैशाख ७ गते शुक्रवार

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना


असोज १७। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पतालमा भर्ना गरिएको छ । हिजो दिउँसो कोरोना पुष्टि भएपछि उनलाई अस्पताल लागिएको हो । सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ । उनलाई हल्का ज्वरो आउँनुका साथै थकान पनि धेरै महसुस हुन थालेको बीबीसीले जनाएको छ ।

यसअघि ट्रम्पले एक ट्वीट गरी आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो ।

अब उनले केही दिन डाक्टरको सल्लाह अनुसार सावधानी अपनाएर अस्पतालबाट नै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *