२०८१ चैत्र ९ गते शनिवार

सुतेको बेला घर धप्किएर मर्छुकी भन्ने डर लागिरहन्छ – एकल महिला रामप्यारी शाह

रामप्यारी शाह

दंगिशरण, असोज १५ । दंगिशरण गाउँपालिका वडा नं. ५ सलौरा निवासी ६३ बर्षीया एकल महिला रामप्यारी शाहले पानी पर्दा रातभर घरबाहिर बस्ने गरेको बताएकी छन् । घर धप्किन लागेको हुँदा पानी पर्न थालेपछि त्यो धप्किएर च्याप्छ कि भनेर डरले आफु बाहिर आएर बस्ने गरेको उनले बताएकी हुन ।

‘पानी पर्न थालेपछि म बर्सादी ओढेर बाहिर आएर बस्छु,’ उनले भनिन् ‘ घर धप्किएदा च्यापिएर मर्छु कि भन्ने डर लाग्छ।’रामप्यारीको घरको गारो पुरै चिरा परेको छ । पानी पर्दा खरको छानो चुहिन्छ । चुहिने खरको छानोमा त्रिपाल माथिवाट लगाइएको छ । तैपनि पानी चुहिन नछोडेको शाहले बताइन । ‘पानी पर्दा म रातभर भित्र भाँडा थापेर बस्छु,’ शाहले भनिन् । यो घर उनका श्रीमानले दश वर्ष अगाडि बनाएका हुन । उनी बस्ने घर र जग्गा सबै एैलानी हो ।

उनका श्रीमान रामबहादुर शाहको गतसाल असोजमा गाउँमै भएको कुपटिमा हत्या भएको थियो । उनको हत्यमा सम्लग्न व्यक्तिहरु राजनीतिक पहूँचका आधारमा छुटे । ‘तीन दिन जेल परेर छुटे,’ उनले भनिन् ‘ न मैले न्याय पाय न कुनै क्षतिपर्ती नै पाए ।’उनका श्रीमान मयाखोला सामुदायिक वनका चौकिदार थिए । तलव मासिक ४ सय थियो । रामबहादुरको हत्यापनि उनी एक्ली भएकी छन् ।

दाङमा उनका आफन्त तथा नातेदार कोही नभएको रामप्यारीले बताइन । उनका दूई सञ्तान एक छोरा ५ बर्षको उमेरमा र छोरी ३ बर्षको उमेरमा दादुराका कारण मृत्यु भएको रामप्यारीले बताइन । उनको माइती रुकुम हो । १५ बर्षको उमेर छँदा श्रीमान संगै दाङ झरेकी रामप्यारी त्यसपछि कहिलै माइतीपनि गइनन् । त्यसैले माइतीको अवस्था पनि हाल उनलाई जानकारी नभएको बताइन ।

आर्थिक अवस्था निकै कमजोर भएकी उनलाई साँझ विहान हात मुखकै समस्या छ । असोज ९ गते मात्रै हेल्पिङ ह्याण्ड दाङले उनको अवस्था बुझेर २ बोरी चालम, नुन, तेल, दाल समेत गरि चार हजार बराबरको खाद्यान्न उनकै घरमा लगेर दिएको थियो ।

त्यो बाहेक उनले हालसम्म कतैबाट अरु कुनैपनि सहयोग नपाएको बताइन । रामप्यारीको चाहाना अब चुहिने घर टाल्न पाए हुन्थ्यो भन्ने छ । भाडा भए माइती घर सम्म जाने र एउटा कोही सहयोगी ल्याएर आउने चाहानापनि उनले व्यक्त गरिन । रामप्यारीको घरमा बिजुली बत्ति, सौचालय, खाने पानीको सुविधा केही छैन । मोवाईन फोन र रेडियो, टिभीपनि छैन ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *