२०८१ चैत्र ३ गते आइतवार

आजबाट दशैं-तिहार लक्षित सुपथ मूल्य पसल संचालनमा

काठमाडौं, असोज १५ । सरकारले आजबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो ।

दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।काठमाडौं उपत्यकामा १६ स्थानमा र उपत्यकाबाहिर ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् ।

सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ,चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको छ ।

त्यस्तै उपभोक्ताले च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ । डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाउने छन् । अनलाइन अर्डरमार्फत पनि सामान पनि किन्न सकिनेछ ।

 

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *