२०७७ कार्तिक ९ गते आइतवार

उद्यमीलाई अनुदान बाँड्दै लघुवित्त


आरके सितल,
घोराही, असोज, १२ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई व्यवसाय प्रर्वद्धनका लागि अनुदान वितरण अभियान सुरु गरेको छ । संस्था हालसम्म शान्तिनगर, श्रीगाँउ, हापुरे, लमही,गढवा, भालुवाङ, राजपुरमा सदस्यहरुलाई २० लाख अनुदान रकम वितरण गरि सकेको छ । सोमवार घोराही र नारायणपुर शाखा अन्तरगतका सदस्यहरुलाई सोमवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि व्यवसायका लागि आवश्यक सामाग्री तथा नगद अनुदान वितरण गरेको छ ।

संस्थामा आवद्ध ४० जना सदस्यहरुलाई सामुहिक रुपमा तथा व्यक्तिगत रुपमा व्यवसाय प्रर्वद्धनका लागि उस्ले अनुदान रकम प्रदान गरेको हो । कृषि एवं पशुपालन, साना उद्यमीलाई आवश्यक सामाग्रीहरु एवं नगद गरि ८ लाख ९९ हजारको अनुदान रकम वितरण गरिएको हो । जसमा ४ वडा मिनि टिलर(हाते ट्याक्टर), ३ वटा बोयर बोका, ८ वटा स्प्रे ट्याङकी र मल्पिङ, २ वटा फ्रिज, एउटा सिलाई मेसिन, एउटा मोटर र एउटा ठेला प्रदान गरिएको हो । त्यस्तै सदस्यहरुको आवश्यकता अनुसार नगद समेत अनुदानमा प्रदान गरिएको छ ।

उद्यम विकास कार्यक्रमद्धरा प्रर्वद्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई संस्थागत संरक्षण कोषद्धारा व्यवसाय गर्न अनुदान वितरण गरिएको महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले बताइन । संस्थामा रहेको ग्राहक संरक्षण कोषमा हालसम्म ७ करोड रुपैंया बचत रहेको छ । त्यसमध्य हरेक वर्ष सदस्यलाई व्यवसाय प्रर्वद्धन गर्न अनुदान रकम वितरण गर्ने गरेको उनले बताइन । नेपालमै बैंक तथा वित्तीय संस्थाहरुमध्य महिला सामुदायिक लघुवित्त वित्तीय संंस्थाले सदस्यहरुलाई ग्राहक संरक्षण कोषबाट अनुदान वितरण गरेको सायद यो नै पहिलो घटना हो ।

यो आर्थिक वर्षमा ६ वटा जिल्लाका सदस्यलाई ग्राहक संरक्षण कोष मार्फत २ करोड रुपैंया वितरण गर्ने योजना रहेको उनले बताइन । युवा तथा महिलाहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवद्र्धन गर्न आवश्यक पर्ने वित्तीय सेवा, प्राविधिक सेवा, तालिमको व्यवस्था छ । साथै कृषि, पशुपालन, साना उत्पादनमूलक उद्योग, सीपमूलक तालिम प्रदान गरि साना तथा मझौला उद्यमी निर्माण गरि सदस्यहरुको आर्थिक स्तरमा सुधार गर्दै गरिबी न्यूनिकरणमा टेवा पु¥याउने उदेश्य रहेको योगीले बताइन ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका अध्यक्ष गीता योगी गिरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख चौधरीले ग्रामिण क्षेत्रका महिलालाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले संस्थाको प्रसंशा गरे । परम्परागत कृषि र पशुपालन व्यवसायलाई आधुनिकीरकण गर्न प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन उनले आग्रह गरे ।

घोराहीख १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले स्थानीय तहले गर्नु पर्ने कृषि र पशुपालन व्यवसाय प्रवद्र्धनको काम वित्तीय संस्थाले गरेको भन्दै खुसी साटे । घोराही ११ का अध्यक्ष कुलबहादुर लमीछानेले लघुवित्तको माध्यमबाट महिलाहरु आयआर्जनमा लागेर आत्मनिर्भर बनेको बताए । सदस्यहरुलाई प्रदान गरिने यस्ता अनुदान कार्यक्रमहरुले सदस्यहरुको मनोबल उच्च राख्ने उनको तर्क थियो ।

घोराही १० की सदस्य केशरी बिकले महिलालाई आत्मनिर्भर बनाउन संस्थाको महत्वपूर्ण योगदान रहेको बताइन । कार्यक्रमको सहजीकरण संस्थाकी प्रबन्धक यमला गौतमले गरेकी हुन । त्यसअवसरमा बर्षाको कारण घर भत्किएका घोराही १८ काभ्रे खोला निवासी थमा रोकालाई ग्राहक संरक्षण कोषबाट नगद ५ हजार रुपैया सहयोग गरिएको थियो ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *