शरद रेग्मी,
तुलसीपुर, असोज ११ । तुलसीपुरमा प्रहरीले आफुखुसी जहाँ पायो त्यही सवारी पार्किङ गर्नेहरुलाई कारवाहीको अभियान सुरु गरेको छ । अटेर गरि जथाभावी गरिने पार्किङले दूर्घटनाको जोखिम बढाएको हुँदा कारवाही सुरु गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
स्थानीय सरकारसंगको समन्वय र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरसंगको सहयोगमा अटेरगरी पार्किङ गरिएका सवारी साधनहरुको ह्विल लक अभियानलाई समेत तीव्र पारिएको छ । ‘नियम जानेर बुझेरपनि अटेरी गरि सडकमा जथाभागी सवारी पार्किङ गरे हामी कारवाही गर्छौं,’ ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका इञ्चार्ज चन्द्र केसीले भने ‘ संभावित दूर्घटना न्यूनिकरणका लागि यो अअभियान अति आवश्यक छ ।’
लागुऔषध दुव्र्यसनी न्युनिकरण अभियान, गुण्डागर्दी नियन्त्रण, यौनजन्य अपराध तथा टोल सुरक्षाको अभियानपछि पछिल्लो समयमा बजार व्यवस्थापनको अभियानमा लागेको प्रहरी अधिकारीले बताएका छन् । तुलसीपुरमा साँघुरा सडक र अव्यस्थित ठेला तथा फुटपाथ व्यापारले पैदयात्रु सडकबाटै हिंड्न बाध्य छन् । जसले गर्दा सवारी दुर्घटनाको जोखिम उच्च रहेको छ ।