तुलसीपुर, असोज १० । प्रहरीले शुक्रवार तुलसीपुरवाट ५ केजी चरेशसहित दूई युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको एक जना प्रहरी अधिकारीले पुष्टि गरे ।
तर प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । ‘अझैं अरुपनि रहेको आशंका भइरहेको छ,’ ती प्रहरी अधिकारीले भने ‘उनीहरुलाई समेत पक्राउ गरेपछि पक्राउ परेकाहरु सार्वजनिक गरिने छ।’
प्रतिवन्धित लागु औषधको अवैद्य कारोवार तथा ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्लाबाट खटिएको विशेष प्रहरी टोलीले ५ केजी चरेशसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार