काठमाडौं, असोज ७ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वाैच्चले अन्तरिम आदेश दिएको छ।न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन आदेश दिएको हो ।
गौतमको नियुक्ति संविधान विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत सोमबार सर्वौच्चमा रिट दायर गरेका थिए । त्यसैमाथि आदेश दिदै सर्बौच्चले गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन भनेको हो ।
जसमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो नलागेसम्म गौतमको विषयलाई यथास्थितिमा राख्न भनिएको छ । आदेशमा गौतमलाई संवैधानिक जिम्मेदारी दिने, लिने कार्य नगर्नु र नगराउनु भन्ने कुरा उल्लेख गरिएको छ ।
साथै असोज १४ गते रिटका दुबै पक्षलाई छलफलका डाकिएको छ । रिटमा गम्भीर संवैधानिक प्रश्नको व्याख्या उठेको भन्दै संवैधानिक इजलासले सुनुवाइ गर्नुपर्ने आदेशमा उल्लेख समेत गरिएको छ ।