२०८३ असार २ गते मङ्गलवार

मञ्चको नगर उपाध्यक्षमा मगरलाई जिम्मेवारी प्रदान


तुलसीपुर, असोज ६ । वीपी कोईराला युवा नेतृत्व विकाश मञ्च तुलसीपुर उपमहानगरपालिकाले पदाधिकारी विस्तार गरेको छ । मञ्चको नगर उपाध्यक्षमा अनुप रास्कोटी मगरलाई मंगलवार एक कार्यक्रमका बीच जिम्मेवारी प्रदान गरिएको छ ।

मञ्चका तुलसीपुर नगर संयोजक लोकराज भुसालको अध्यक्षता र नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको प्रमुख आथित्य अनि उपसभापति प्रमोद बस्नेतको विशिष्ट आथित्यमा जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

जननायक वीपी कोईरालाको समाजवादलाई टोल टोल र बस्ति बस्तिमा पु¥याउन युवाहरु खटिएर लाग्नु पर्ने बताएका थिए । त्यसो भएमा मात्रै लोकतन्त्र सवल हुने र त्यसले अलोकतान्त्रिक तत्वहरुलाई गाउँ टोलवाट परास्त गर्न सकिने उनीहरुको विश्वास थियो । कार्यक्रमको सहजीकरण मञ्चका तुलसीपुर नगर सचिव रेशमराज खनालले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *