सुशील बस्नेत,
तुलसीपुर, असोज ४ । अल्पकालिन महिला तथा बालबालिका सुरक्षा केन्द्र (सेफ हाउस)गोलौरी दाङका लागि सामाग्री हस्तान्तरण गरिएको छ । डिएफआईडीको आर्थिक सहयोगमा भिएसओ नेपाल र ईन्टरनेशनल अलर्टसँगको साझेदारीमा समग्र लैङिगक उत्तरदायी र जवाफदेही न्यायमा पहँुच सुद्धिढीकरण (सहज) परियोजनाले उक्त सहयोग उपलब्ध गराएका हुन ।
२७ हजार १ सय २० मुल्य बराबरको लो–बेड ३ थान, १७ सय ५० रुपैया मूल्यको प्रेसकुकुर १ थान, २१ सय ६० रुपैयाको प्लेट स्टील १२ थान, २६ सय ४० रुपैयाको प्लेट फाईवरको १२ थान, १६ सय ८० मुल्यको १२ थान ठूलो ग्लाय,४ सय ८० मूल्यको ठूलो चम्चा १२ थान लगायत ९१ हजार ३ सय ३२ रुपैया मूल्यको ३२ प्रकारका बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोख्रेललाई माहुरी होम कपिलबस्तुका अध्यक्ष रविन्द्र ठाकुरले ती सामाग्री हस्तान्तरण गरेका हुन ।अनि मुख्य न्यायाधीश पोख्रेलले तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यलाई हस्तान्तरण गरेका छन् ।
त्यसपछि उपमेयर माया आचार्यले सृजना महिला वचत तथा ऋण सहकारी संस्था तुलसीपुर १० गोलौरीले सञ्चालन गरेको हिंसा प्रभाबित महिला तथा बालिका लागि उपमेयर अल्पकालिन महिला सुरक्षा सेवा केन्द्रका अध्यक्ष डिला केसीलाई हस्तान्तरण गरिन ।
कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोख्रेलले कोभिड–१९ ले सबै भन्दा बढी प्रभाबित महिला,बालबालिका परेको बताए । ती हिंसा पीडितहरुलाई मानवताका नाताले पनि सहयोग गर्नुपर्ने उनको भनाई थियो । तुलसीपुरकी उपप्रमुख माया आचार्यले जेठ २८ गतेका दिन सडकमा फेला पारि सेफ हाउसमा सेल्टर दिइएकी एक जना किशोरीले असार ३ गते शिशु जन्म दिएको जानकारी दिइन । ती किशोरी र शिसुको न्यायका लागि अदालती प्रक्रिया जारी रहेको आचार्यले बताइन ।
परिवारमा पुर्नस्थापना नहुदा सम्म सेफ हाउसमै बस्नका लागि सहयोगी संघ संस्थाहरु÷दाताहरुको आबश्यकता रहेको उनले बताइन । हाल उक्त सेल्टरमा आमा र एक सिशु बस्दै आएको आचार्यले बताइन । माहुरी होम कपिलबस्तुका अध्यक्ष रबीन्द्र ठाकुरले प्रदेश नम्वर ५ अन्तरर्गत कपिलबस्तु, रुपन्देही, नवलपरासी, दाङ, बाँके, प्युठान र रोल्पाका २२ वटा पालिकाहरु र गण्डकी प्रदेशका नवलपुर जिल्ला एक वटा पालिकामा कार्यक्रम लागु गरिएको बताए ।