काठमाडौं, भदौ ३१ । सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बुधबार बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको छ ।
बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
त्यो भूकम्पले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा झड्का महशुस भएको सर्वसाधारणले बताएका छन् ।
भूकम्प जाँदा सर्वसाधारण आत्तिएर घरबाट बाहिर निस्केका थिए। भूकम्पको क्षतिबारे यो खवर तयार पार्दासम्म कुनैपनि जानकारी प्राप्त हुन सकेको छैन ।
भूकम्पको धक्का चितवन, मकवानपुर, स्याङ्जालगायत जिल्लाहरुमा बढी महशुस भएको सर्वसाधारणले बताएका छन् ।
प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार