२०८१ चैत्र ४ गते सोमवार

असोज ५ देखि लामो दूरीका यातायात चल्ने

काठमाडौँ,भदौ ३० । बन्द भएको झन्डै ६ महिनापछि आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सोमबार आवश्यक मापदण्ड पूरा गरेर उडान र यातायात खोल्ने निर्णय गरेको हो ।

सरकारले निर्णय नगर्ने हो भने असोज १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने चेतावनी यातायात व्यवसायीले दिएका थिए । यसअघि गत साउन ६ गते लकडाउन खुलेका बेलासमेत लामो दूरीका सवारीसाधन सञ्चालन गरिएको थिएन ।

त्यसपछि सरकारले भदौ ५ देखि सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेको भए पनि कोरोना संक्रमितको संख्या बढेपछि निर्णय बदर गरिएको थियो ।

चैत ११ गतेदेखि लकडाउन गरेको सरकारले १० गते नै आन्तरिक उडान र लामो दूरीका गाडी चल्न रोक लगाएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *