२०८१ चैत्र ६ गते बुधवार

सीपीएलको उपाधि ट्रीनबागो नाइट राइडर्सले जित्यो


भदौ २६ । वेष्ट इण्डिजमा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि ट्रीनबागो नाइट राइडर्सले जितेको छ । गएराति भएको फाइनलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले उपाधि जितेको हो ।

फाइनलमा जुक्सले दिएको १ सय ५५ रनको लक्ष्य नाइट राइडर्सले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नाइट राइडर्सको जितमा लिन्डल सिमन्सले ८४, ड्यान ब्रावोले अविजित ५८ रनको योगदान दिए । बलिङमा जुक्सका स्कट कुग्लाइन र रोस्टन चेसले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि आन्द्रे फ्लेचरले ३९, मार्क दयालले २९, नजीबुल्लाह जर्दानले २४, रोस्टन चेसले २२ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा नाइट राइडर्सका कप्तान किरण पोलार्डले ४, अलि खान, फवाद अहमदले २/२ र अकिल होसेनले १ विकेट लिए ।

 

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *