
तुलसीपुर, भदौ २५ । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले क्षेत्रीय नेतृत्वपनि चयन गरेको छ । जिल्ला अध्यक्ष सरोज शाहको अध्यक्षतामा बिहीवार घोराहीमा बसेको मञ्चको कार्यसमिति बैठकले क्षेत्र नं. ३ को अध्यक्षमा तुलसीपुरका यु्वा मोहन सुनारलाई अध्यक्षमा चयन गरेको छ ।
सुनार तुलसीपुर नगरजेसिजका अध्यक्षपनि हुन । यसैबीच क्षेत्रीय अध्यक्ष सुनारले बिहीवार नै तुलसीपुरका युवा केशवराज भुसाललाई मञ्चको तुलसीपुर उपमहानगरपालिकाको संयोजकमा चयन गरेका छन् ।
त्यस्तै वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले क्षेत्र नम्वर २ को अध्यक्षमा लेखनाथ बुढाथोकी र क्षेत्र नं. ३ को अध्यक्षमा किरण विक्रम शाहलाई चयन गरेको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार
