२०८१ चैत्र ९ गते शनिवार

नेपागञ्जका व्यवसायीको माग – असोज १ गतेदेखि लकडाउन र निषेधा पूर्ण रुपमा हटाउ


नेपालगञ्ज, भदौ २५ । नेपालगन्जका उद्योगी व्यवासयीले असोज १ गतेदेखि पूर्णरुपमा लकडाउन र निषेधज्ञा हटाउन माग गरेका छन् । विहीवार नेपालगञ्जमा बसेको नेपालगञ्ज उद्योग वाणिज्य संघको बैठकले आन्तरिक लकडाउन र निषेधज्ञालाई पूर्ण रुपमा हटाउन माग गरेको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षमा बसेको बैठकले ५ महिनादेखिको लकडाउन र निशेधज्ञाले गर्दा जीवन यापन गर्न मुस्किल परेको भन्दै असोज १ गतेदेखि लकडाउन पूर्ण रुपमा हटाउन माग गरेको छ ।
उपभोग्य तथा अत्यावश्यक बस्तु उत्पादन, विक्रि वितरण प्रभावित भएको भन्दै असोज १ गते बाट पूर्ण रुपमा हटाउन संघको बैठकले माग गरेको अध्यक्ष मन्सुरीले बताए ।

उनले साढे पाँच महिनादेखिको लकडाउनले गर्दा उद्योग धन्दा सबै चौपट भएको भन्दै अबपनि त्यो जारी रहे मानिस रोगले भन्दापनि भोकले मर्ने स्थिति आउने चिन्ता जाहेर गरेका छन् । संघले स्थानीय प्रशासन संग माग शुक्रवार र शनिवारका लागि जारी गरिएको निषेधज्ञापनि हटाउन माग गरेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *